अन्तराष्ट्रिय खबरविशेष खबरसमाचार

राष्ट्रपति ट्रम्पको नाममा फ्लोरिडा एयरपोर्ट नामकरण गर्ने तयारी

वासिङ्टन डीसी – फ्लोरिडास्थित एक अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरेर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राख्ने घोषणा गरिएको छ। ट्रम्पका छोरा एरिक ट्रम्पले उक्त विमानस्थललाई “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” नामकरण गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

उनका अनुसार नाम परिवर्तनसम्बन्धी सहमति भइसकेको छ र आगामी जुलाई १ देखि यो निर्णय कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै एरिक ट्रम्पले यस प्रक्रियामा सहयोग पुर्‍याउने फ्लोरिडाका गभर्नर रोन डीसान्टिस, महान्यायाधिवक्ता तथा राज्यका अन्य अधिकारीप्रति आभार व्यक्त गरेका छन्।

तर, उड्डयन प्रशासनले भने हालसम्म नाम परिवर्तनलाई औपचारिक स्वीकृति नदिएको स्पष्ट पारेको छ।

यसअघि ट्रम्प परिवारले फेब्रुअरी महिनामा विमानस्थलको नाम परिवर्तनका लागि आवेदन दर्ता गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button