NRNAप्रवासविशेष खबरसमाचार

एनआरएनए आईसीसी: युरोप क्षेत्र महिला सह–संयोजकमा राधा सिग्देल (किरण) चयन

काठमाडौं — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को १२औँ अधिवेशनबाट युरोप क्षेत्र (डब्लुडिआरसी) को महिला सह–संयोजक पदमा राधा सिग्देल (किरण) चयन भएकी छन्।

सिग्देल यसअघि गैरआवासीय नेपाली संघ जर्मनी (एनआरएनए जर्मनी) को उपाध्यक्षका रूपमा सक्रिय रहँदै प्रवासमा रहेका नेपाली समुदायबीच नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन्। उनले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमार्फत नेपाली महिला सशक्तिकरण, एकता र अधिकारका पक्षमा उल्लेखनीय योगदान दिएकी छन्।

उनको नयाँ जिम्मेवारीसँगै युरोप क्षेत्रमा रहेका नेपाली महिला तथा समग्र नेपाली समुदायको हक–हित संरक्षण, एकता प्रवर्द्धन तथा सशक्तिकरणका क्षेत्रमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ। साथै, प्रवासी नेपालीबीच सहकार्य र समन्वयलाई अझ मजबुत बनाउँदै सामुदायिक गतिविधिहरूलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

नवनिर्वाचित सह–संयोजक सिग्देलको नेतृत्वमा विशेषगरी महिला सहभागिता वृद्धि, नेतृत्व विकास तथा सामाजिक चेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button