
लिस्बन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्तुगल (NRNA Portugal) ले नेपालमा पोर्तुगलको स्थायी दूतावास स्थापना गर्न माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
संस्थाका अनुसार नेपाल–पोर्तुगलबीच बढ्दो कूटनीतिक सम्बन्ध, व्यापार, पर्यटन, शिक्षा तथा नागरिक आवागमनलाई थप सहज र प्रभावकारी बनाउन नेपालमा पोर्तुगलको स्थायी दूतावास आवश्यक रहेको छ।
NRNA Portugal ले दूतावास स्थापना भएमा दुवै देशका नागरिकले कन्सुलर तथा प्रशासनिक सेवा सहज रूपमा प्राप्त गर्न सक्ने जनाएको छ। साथै, यसले दुई देशबीचको आर्थिक, शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
संस्थाले अभियानमा सहभागी भई हस्ताक्षर गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।



