NRNAखेलकुद खबरप्रवासविशेष खबरसमाचार

जर्मनीको डार्मस्टाडमा पहिलो पटक ‘एनआरएनए क्रिकेट प्रतियोगिता २०२६’ आयोजना हुने

जर्मनीको डार्मस्टाड शहरमा पहिलो पटक ‘1st NRNA Cricket Tournament 2026’ आयोजना हुने भएको छ। एनआरएनए जर्मनी, नेपाल डार्मस्टाड फुटबल क्लब, नेपाल डार्मस्टाड क्रिकेट क्लब तथा एलसीसी हेसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता आगामी मे ३० र ३१, २०२६ मा डार्मस्टाड, जर्मनीमा सञ्चालन हुनेछ। उद्घाटन समारोह मे ३० तारिख बिहान १० बजे आयोजना गरिनेछ भने खेल प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामार्फत जर्मनीमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, खेलकुदको विकास तथा नेपाली युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई ऐतिहासिक रूपमा लिइएको भन्दै आयोजकले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।

कार्यक्रमको स्थान Kranichsteiner Str.183, 64289 Darmstadt, Germany रहेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button