NRNAविशेष खबर

एनआरएनए नेतृत्वका लागि तीन उम्मेदवार, निर्विरोध को को भए?

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी आइतबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाले दाबी प्रस्तुत गरेका छन्। बुधबार सम्पन्न मनोनयन दर्तामा डा. हेमराज शर्मा (यूके), रविन बज्राचार्य (अमेरिका)रविन शेरचन (जापान) ले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

संघको छ उपाध्यक्ष पदका लागि कुल १० जनाको उम्मेदवारी परेको छ। यसमध्ये महिला उपाध्यक्ष पदमा टिका गुरुङ निर्विरोध चयन भएकी छन्।

महासचिव पदका लागि डा. चिरञ्जीवी खड्कारामशरण सिम्खडा प्रतिस्पर्धामा छन्। त्यस्तै दुई उपमहासचिव पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् भने छ सचिव पदका लागि आठ जनाको नाम दर्ता भएको छ। महिला सचिव पदमा कञ्चन थापा निर्विरोध चयन भएकी छन्।

कोषाध्यक्ष पदमा कृष्णप्रसाद तिमल्सिनातिलकप्रसाद गैरे बीच प्रतिस्पर्धा हुने भएको छ। यस्तै तीन सहकोषाध्यक्ष पदका लागि भने दुई जनाको मात्रै उम्मेदवारी परेको छ। महिला सहकोषाध्यक्ष पदमा गंगा खतिवडा निर्विरोध भएकी छन्।

महिला संयोजक पदका लागि परसुना कँडेलरश्मी थापा प्रतिस्पर्धामा उत्रिएका छन्। युवा संयोजक पदमा भने नवीन न्यौरेदीपेश खत्री ले उम्मेदवारी दिएका छन्।

क्षेत्रीय संयोजकतर्फ अफ्रिका क्षेत्रबाट मनोज बिकभुवन खरेल निर्विरोध भएका छन्। एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने युरोप संयोजकमा रोबर्ट लिम्बु निर्विरोध चयन भएका छन्। मध्यपूर्व संयोजक पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै ओशियाना क्षेत्र संयोजकमा रमेश जोशी निर्विरोध भएका छन् भने दोस्रो पुस्ता संयोजक पदमा दीपमाला ढकाल निर्विरोध चयन भएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button