विशेष खबरसमाचार

गणतन्त्र दिवस भव्य रूपमा मनाइयो, सैनिक मञ्चमा विशेष समारोह सम्पन्न

काठमाडौँ, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी दिवस भव्य रूपमा मनाइएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।

गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक समूहहरूले आकर्षक प्रस्तुति दिएका थिए। साथै गणतन्त्र स्थापनाको ऐतिहासिक महत्वलाई स्मरण गर्दै राष्ट्रको लोकतान्त्रिक उपलब्धिको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो।

देशभर विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस उत्साहका साथ मनाइँदै गर्दा राजधानीमा आयोजित मुख्य समारोहले विशेष आकर्षणको केन्द्र बनेको थियो। गणतन्त्र स्थापनापछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समृद्ध, सुशासित र लोकतान्त्रिक नेपाल निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने सन्देश कार्यक्रममार्फत दिइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button