NRNAखेलकुद खबरप्रवासविशेष खबरसमाचार
स्टुटगार्टमा हुने ९औँ एनआरएनए कप २०२६ को आधिकारिक लोगो सार्वजनिक

जर्मनीको स्टुटगार्टमा आयोजना हुने ९औँ एनआरएनए कप २०२६ को आधिकारिक लोगो सार्वजनिक गरिएको छ।
नेपाली पहिचान र स्टुटगार्टको स्थानीय (Schwäbisch) सांस्कृतिक विरासतलाई समेटेर तयार गरिएको लोगोले एकता, फुटबलप्रतिको साझा उत्साह र जर्मनीस्थित नेपाली समुदायबीचको बलियो सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।
प्रतियोगिता सेप्टेम्बर ५, २०२६ मा जर्मनीको स्टुटगार्टमा आयोजना हुनेछ। युरोपका विभिन्न देशबाट नेपाली खेलाडी, समर्थक तथा समुदायका सदस्यहरू सहभागी हुने यस प्रतियोगिताले फुटबल, मित्रता र सामुदायिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकको छ।
आयोजकका अनुसार यस वर्षको प्रतियोगिता विगतका संस्करणभन्दा अझ भव्य र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।



