प्रवाससमाचार

जापानमा नेपाली सवारी चालक अनुमतिपत्र प्रमाणीकरण प्रक्रिया सरल

टोकियो, जापान — नेपाली राजदूतावास, टोकियोले जापानमा नेपाली सवारी चालक अनुमतिपत्र (Driving License) प्रमाणीकरणसम्बन्धी सेवा प्रक्रिया सरल बनाइएको जनाएको छ।

यसअघि जापानको सम्बन्धित निकायबाट सवारी चालक अनुमतिपत्र प्राप्त गर्न नेपाली सवारी चालक अनुमतिपत्रलाई सम्बन्धित यातायात व्यवस्था कार्यालयको पत्रका आधारमा त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गराउनुपर्ने र त्यसपछि नेपाली राजदूतावास, टोकियोबाट समेत प्रमाणीकरण गराउनुपर्ने व्यवस्था थियो।

अब भने उप्रान्त प्राप्त नेपाली सवारी चालक अनुमतिपत्रलाई नेपाली राजदूतावास, टोकियोबाटै सोझै प्रमाणीकरण गरिने व्यवस्था गरिएको राजदूतावासले जनाएको छ।

यसबाट जापानमा नेपाली सवारी चालक अनुमतिपत्र प्रयोग तथा रूपान्तरणका लागि आवश्यक प्रमाणीकरण प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

नेपाली राजदूतावास, टोकियोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button