NRNAअर्थ/ ब्यापारविशेष खबरसमाचार

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं, चैतप्रधानमन्त्री सुशीला कार्की ले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको विकास समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान नवप्रवर्तन आवश्यक रहेको बताइन्।

Sushila karki

प्रधानमन्त्री कार्कीले मातृभूमिप्रतिको माया जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरिन्। उनका अनुसार नेपालको समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने भएकाले प्रवासी नेपालीको लगानी, अनुभव सीप महत्वपूर्ण हुनेछन्।

उनले एनआरएनएको एकताले नेपालको समृद्धि विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै प्रवासी नेपालीसँगको सहकार्यले आर्थिक विकास, पर्यावरणीय संरक्षण सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।

प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा सहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन्। सम्मेलनले विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गरेको उनको भनाइ थियो।

कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ले नेपाल नेपालीले नै बनाउने भन्दै प्रवासी नेपाली सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धिका लागि काम गर्न तयार रहेको बताए।

Sushila karki

यस्तै, पूर्वअध्यक्ष जीवा लामिछाने ले विदेशमा रहे पनि गैरआवासीय नेपालीमा मातृभूमिप्रति गहिरो माया देशका लागि योगदान गर्ने भावना सधैं कायम रहेको उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष डा. शर्मा ले प्रवासी नेपालीको ज्ञान, सीप पुँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनएलाई अझ सशक्त एकताबद्ध बनाउने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button