खेलकुद खबरविशेष खबरसमाचार

उज्वेकिस्तानमाथि ५–० को फराकिलो जित, पोर्चुगल नकआउट नजिक

ह्युस्टन, असार ९ गते । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा उज्वेकिस्तानलाई ५–० ले पराजित गरेको छ।

अमेरिकाको ह्युस्टनमा सोमबार राति भएको खेलमा रोनाल्डोले छैटौं र ३९औं मिनेटमा गोल गर्दै पोर्चुगललाई सहज जित दिलाए। नुनो मेन्डेज र राफेल लिआओले एक–एक गोल गर्दा एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त भएको थियो।

यस जितसँगै पोर्चुगलले दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

रोनाल्डोले लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत कायम गरेका छन्। सन् २००६ देखि २०२६ सम्मका सबै विश्वकपमा उनले गोल गर्न सफल भएका हुन्। साथै, उनले विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक १० गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।

लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button