
काडमाण्डाै – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेसँगै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका उनलाई एनेक्स वान भवनको ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई सुरुमा ‘रेड एरिया’मा राखेर नेफ्रोलोजी तथा मुटु रोग विशेषज्ञले परीक्षण गरेका थिए। विभिन्न परीक्षणपछि मात्रै उनलाई सामान्य वार्डतर्फ सारिएको हो।
जेनजी आन्दोलन दमन प्रकरणमा फौजदारी कसुरको सिफारिसपछि प्रहरीले शनिबार बिहान गुण्डुस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो। सार्वजनिक बिदाका कारण आइतबार अदालतमा पेश गरिने तयारी छ।



