विशेष खबरसमाचार

थापाथलीका सुकुम्बासी बस्ती खाली गर्न बाध्य

काठमाडौं, वैशाख ११ — सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले हतार–हतार आफ्ना सामान सार्न थालेका छन्।

वर्षौँदेखि बसोबास गर्दै आएका झुपडीहरू छाड्नुपर्दा त्यहाँको दृश्य निकै भावुक बनेको छ। कतिपय परिवार आफ्नो ओछ्यान र घरायसी सामान समेट्दै छन् भने केही अब कहाँ जाने भन्ने चिन्तामा छन्। बालबालिकादेखि वृद्धसम्म सबै अन्योलमा देखिएका छन्।

“हामीलाई गरिब भएकै कारण हटाइँदैछ,” स्थानीयको गुनासो छ। धेरैले जस्तापाता, काठ र भान्साका सामग्री ट्याक्टर तथा रिक्सामा राखिरहेका छन् भने कतिपयले आफ्नै घर भत्काउन थालेका छन्।

सरकारको निर्णयसँगै सुकुम्बासीहरूको भविष्य पुनः अनिश्चित बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button