अर्थ/ ब्यापारविशेष खबर
एकैदिन सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?

काठमाडौं — स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। आइबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार (चैत ६) सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।



