विशेष खबरसमाचारसूचना-प्रविधि

कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा ‘एआई आधारित कल सेन्टर’ सञ्चालनमा

काठमाडौं — कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीलाई सहज रूपमा सूचना प्रदान गर्ने उद्देश्यले ‘एआई (कृत्रिम बुद्धिमत्ता) आधारित कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उक्त कार्यालयले कम्पनी प्रशासन, सेवा प्रवाह, प्रक्रिया, कागजात तथा कर्मचारीसम्बन्धी विभिन्न जानकारी उपलब्ध गराउन यो सेवा सुरु गरेको जनाएको छ।

कार्यालयका अनुसार, एआई आधारित कल सेन्टरमार्फत सेवाग्राहीले २४ सै घण्टा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। यस सेवाबाट कम्पनी दर्ता तथा अन्य प्रशासनिक कार्यसँग सम्बन्धित जानकारी लिन सकिनेछ।

सेवा उपयोग गर्न इच्छुक सेवाग्राहीले ९७००००४४४४ नम्बरमा कल गरेर आफूलाई आवश्यक सूचना प्राप्त गर्न सक्नेछन्।

कार्यालयले यो प्रविधिमैत्री सेवामार्फत सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, आगामी दिनमा यस सेवालाई थप परिष्कृत र विस्तार गर्दै लैजाने योजना रहेको पनि उल्लेख गरिएको छ।

ai

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button