
काठमाडौं, वैशाख १४ — Non-Resident Nepali Association (NRNA) र International Federation of Red Cross and Red Crescent Societies (IFRC) बीच आपसी सहकार्य तथा मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ।
NRNA को केन्द्रीय कार्यालयमा आयोजित उक्त बैठकमा IFRC नेपालका प्रतिनिधि प्रमुख David Fisher तथा मानवीय कूटनीति तथा सम्पर्क प्रबन्धक Krishna Kumar KC सहभागी थिए।
त्यसैगरी NRNA का तर्फबाट उपाध्यक्ष Rojina Pradhan Rai, महिला उपाध्यक्ष Tika Gurung, एनसीसी संस्थापक अध्यक्ष Krishna Pandey तथा प्रमुख कार्यकारी अधिकृत (CEO) Rajendra Kumar Raut को उपस्थिति रहेको थियो।
बैठकमा विपद् व्यवस्थापन, आप्रवासी नेपालीहरूको हित संरक्षण, समुदाय सशक्तीकरण तथा विभिन्न सचेतनामूलक अभियानहरूमा सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ।
दुवै संस्थाले आगामी दिनमा मानवीय सहायता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



