NRNAविशेष खबरसमाचार

महान्याधिवक्तामा नियुक्त भए एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल

काठमाडौं चैत २२ गते – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा. नारायणदत्त कँडेल लाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा आइतबार उनलाई यो पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
डा. कँडेल बागलुङको काठेखोला गाउँपालिका–५ (बिहुँ क्षेत्र) का स्थायी बासिन्दा हुन् ।महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहन्छ ।
उनी सरकारवादी मुद्दाहरूमा राज्यको तर्फबाट प्रतिरक्षा गर्ने, जटिल कानुनी राय दिने र सरकारी वकिलहरूको नेतृत्व गर्ने मुख्य जिम्मेवारी बोक्छन् । डा. कँडेल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका कानुनी सल्लाहकारको रूपमा काम गरिसकेका थिए ।उनले बेलायतको क्विन्स विश्वविद्यालयबाट अभिव्यक्ति स्वतन्त्रता विषयमा विद्यावारिधि (PhD) गरेका छन् ।
पत्रकारिताको पृष्ठभूमि भएका कँडेलले विगतमा रेडियो नेपाललगायत विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव पनि छ ।नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेललाई आइतबार नै सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।यो नियुक्तिले सरकारलाई कानुनी तथा संवैधानिक मामिलाहरूमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button