अन्तराष्ट्रिय खबरविशेष खबरसमाचार

अमेरिकाको लुइजियानामा पारिवारिक हिंसा, ८ बालबालिका मृत

लुइजियाना – अमेरिकाको लुइजियाना राज्यको श्रिभपोर्ट शहरमा भएको एक सामूहिक गोलीकाण्डमा ८ जना बालबालिकाको ज्यान गएको छ । आइतबार बिहान भएको यस घटनामा ३१ वर्षीय सामार एल्किन्स संलग्न रहेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार घटना घरेलु विवादसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बन्दुकधारीले शहरका विभिन्न स्थानमा पुगेर गोली चलाएको बताइएको छ ।

मृतक बालबालिकाको उमेर १ देखि १४ वर्षसम्म रहेको जनाइएको छ । घाइते दुई महिलामध्ये एक जना एल्किन्सकी पत्नी रहेको र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि एल्किन्सले भाग्ने प्रयास गरेका थिए । प्रहरीसँगको भिडन्तपछि उनी मारिएका छन् ।

अनुसन्धानका क्रममा यो घटना श्रिभपोर्टका तीन फरक स्थानमा भएको खुल्न आएको छ । मृतकमध्ये ७ जना एल्किन्सकै सन्तान रहेको र अर्को एक जना बालबालिका पनि सोही घरमा उपस्थित रहेको बताइएको छ ।

श्रिभपोर्टका मेयर टम अर्सेन्क्सले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई शहरकै सबैभन्दा दर्दनाक घटनामध्ये एक बताएका छन् । अमेरिकी संसदका सभामुख माइक जोनसनले पनि पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय यस्ता घटनाहरू बढ्दै जाँदा समुदायमा सुरक्षाको विषयमा गम्भीर चिन्ता बढेको देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button