अन्तराष्ट्रिय खबरप्रवासबैदेशिक रोजगारसमाचार
आबुधाबीमा ड्रोन तथा मिसाइलका टुक्रा खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

आबुधाबी । संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन तथा मिसाइल अवरोध गर्दा खसेको अवशेषका कारण ७ जना नेपाली नागरिक घाइते भएका छन्।
घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, आबुधाबीको हब्सन ग्यास उद्योग क्षेत्रमा पनि त्यही घटनाका क्रममा अवशेष खस्दा आगलागी भएको छ। आगलागी नियन्त्रणका लागि सम्बन्धित निकाय सक्रिय रूपमा परिचालन भएको जनाइएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको र सम्बन्धित निकायले परिस्थितिको निगरानी गरिरहेको बताइएको छ।



