अर्थ/ ब्यापारविशेष खबरसमाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर का

काठमाडौँ, ४ जेठः नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

यस्तै, युरोको बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङको २०५ रुपैयाँ ०१ पैसा तथा स्वीस फ्रयाङ्कको १९५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाललगायत विभिन्न विदेशी मुद्राको विनिमयदर पनि सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ भने वाणिज्य बैंकहरूको दर फरक हुन सक्ने उल्लेख गरिएको छ।

exchange rate

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button