NRNAबैदेशिक रोजगारविशेष खबरसमाचार

परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा नेपाल समर इन्टर्नसिप २०२६’ घोषणा

काठमाडौँ – नेपाल सरकारको परराष्ट्र मन्त्रालय (MoFA) ले ‘MoFA Nepal Summer Internship 2026’ नामक ८ हप्ते स्वेच्छिक अनुसन्धान इन्टर्नसिप कार्यक्रम घोषणा गरेको छ । कार्यक्रम परराष्ट्र मन्त्रालयको पहलमा सञ्चालन हुन लागेको हो भने यसको आयोजना इन्स्टिच्युट अफ फरेन अफेयर्स (IFA) ले गर्नेछ ।

यस कार्यक्रममा नेपालभित्र तथा विदेशमा रहेका नेपाली स्नातक, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका पेशाकर्मीहरूले आवेदन दिन सक्ने जनाइएको छ । कार्यक्रममा सहभागी इन्टर्नहरूले नेपालको परराष्ट्र नीति सम्बन्धी स्वतन्त्र अनुसन्धानमा प्रत्यक्ष योगदान गर्ने अवसर पाउनेछन् ।

कार्यक्रम आगामी जुन महिनाको मध्यदेखि अगस्ट मध्यसम्म सञ्चालन हुनेछ । इन्टर्नहरूले काठमाडौंमा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।

कार्यक्रम अन्तर्गत रणनीतिक मामिला तथा अन्तर्राष्ट्रिय कानुन, विकास तथा वित्त, उदाउँदा प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरा गरी पाँच विषयमा अनुसन्धान गरिनेछ ।

आयोजकका अनुसार इन्टर्नहरूले मन्त्रालयका उच्च अधिकारीहरूसँग प्रत्यक्ष समन्वय, वरिष्ठ विज्ञबाट मार्गदर्शन, नीति बहसमा सहभागिता तथा अनुसन्धान प्रकाशनको अवसर प्राप्त गर्नेछन् ।

नेपालका नागरिक, गैरआवासीय नेपाली (NRN) कार्डवाहक तथा नेपाली मूलका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

आवेदन दिने अन्तिम मिति २०२६ मे ३१ सम्म तोकिएको छ ।

आवेदन फाराम:
https://forms.gle/5BHE2vEGNDcPrhwr9

थप जानकारीका लागि:
instituteofforeignaffairs@gmail.com
ifa7nepal@gmail.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button