बैदेशिक रोजगारविशेष खबरसमाचार

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन : डिकबहादुर खत्री नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि डिकबहादुर खत्री (कुमार) नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ।
शनिबार आयोजित एक कार्यक्रममा खत्री नेतृत्वको प्यानल सार्वजनिक गरिएको हो। संघका दुई तिहाइ पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएपछि संघमा नयाँ परिस्थिति सिर्जना भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनअनुसार विशेष साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाइएको संघले जनाएको छ।
संघको निर्वाचन आइतबार हुने तय भएको छ। व्यवसायीहरूबीचको सहकार्य र संस्थागत एकतालाई प्राथमिकता दिँदै संयुक्त व्यवसायी प्यानल निर्वाचन मैदानमा उत्रिएको बताइएको छ।
संयुक्त व्यवसायी प्यानल
अध्यक्ष: डिकबहादुर खत्री (कुमार)
प्रथम उपाध्यक्ष: महेश कुमार बस्नेत
द्वितीय उपाध्यक्ष: अनिल बोगटी
तृतीय उपाध्यक्ष: तुलसी पुरी
महासचिव: हिरा बहादुर डाँगी
सचिव: केदारनाथ अधिकारी
कोषाध्यक्ष: धनमाया सिन्जाली
सदस्यहरू:
रमा खड्का, विवश ढुंगाना, धुर्व जी.सी., फडिन्द्र कुमार के.सी., तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने र युवराज देवकोटा।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button