विशेष खबरसमाचार

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा, उच्चस्तरीय भेटवार्ता र लगानी सम्मेलनमा सहभागी हुने

काठमाडौं, जेठ ३१ — परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आज चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग भेटवार्ता गर्दै नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य विस्तार तथा विभिन्न साझा चासोका विषयमा छलफल गर्नुहुनेछ। साथै उहाँले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलन मा सहभागी हुनुहुनेछ। सम्मेलनमा नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

परराष्ट्रमन्त्रीको सम्मानमा नेपाली दूतावासले विशेष स्वागत समारोहको आयोजना गर्ने भएको छ। उक्त समारोहमा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।

नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको यस भ्रमणपछि मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button