अन्तराष्ट्रिय खबरखेलकुद खबरविशेष खबरसमाचार

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डको विजयी सुरुआत, हाइटी १–० ले पराजित

काठमाडौं, जेठ ३१- फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले विजयी सुरुआत गरेको छ। समूह ‘सी’ अन्तर्गत अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा स्कटल्याण्डले १–० को जित सुरक्षित गर्‍यो।

सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलिरहेको स्कटल्याण्डका लागि यो जित विशेष महत्त्वको मानिएको छ। लगातार विश्वकप छनोट हुन नसकेको टोलीले पुनरागमनलाई विजयी बनाउँदै समूह चरणमा बलियो सुरुआत गरेको हो।

यसअघि आजै सम्पन्न अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। समूह ‘सी’ मा स्कटल्याण्ड तीन अंकसहित शीर्ष स्थानमा रहेको छ भने मोरक्को र ब्राजिल समान एक–एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। हाइटी भने अंकविहीन रहँदै पुछारमा छ।

विश्वकपअन्तर्गत आजै समूह ‘डी’ मा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ९:४५ बजे सुरु हुनेछ। त्यस्तै समूह ‘इ’ अन्तर्गत जर्मनी र कुराकाओबीचको खेल राति १०:४५ बजे हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button