खेलकुद खबरविशेष खबरसमाचार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौँ, ३ असार — कप्तान लियोनल मेसीको शानदार ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरे
अमेरिकाको कान्सास सिटीमा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्यो। अर्जेन्टिनाका लागि तीनै गोल मेसीले गरे।
मेसीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। विश्वकप २०२६ को यो पहिलो ह्याट्रिक समेत हो।
यस जितसँगै समूह ‘जे’ मा रहेको अर्जेन्टिनाले ३ अंक जोड्दै समूहको शीर्षस्थानमा उक्लिएको छ।



