NSNRW पहिलो NRNA क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता

डार्मस्टाट, जर्मनी – जर्मनीको डार्मस्टाट (Darmstadt) मा सम्पन्न पहिलो NRNA क्रिकेट प्रतियोगिता २०२६ को उपाधि Team NSNRW ले जितेको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन, अनुशासन र खेलभावनाको परिचय दिँदै NSNRW टोलीले ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो। प्रतियोगितामा सहभागी विभिन्न टोलीका खेलाडीहरूले उत्साहजनक प्रतिस्पर्धा प्रस्तुत गर्दै नेपाली समुदायबीच खेलकुदको विकास र आपसी एकतालाई थप मजबुत बनाएका थिए।

आयोजक समितिले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई उनीहरूको समर्पण, मेहनत र उत्कृष्ट खेलभावनाका लागि हार्दिक बधाई ज्ञापन गरेको छ। साथै प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्याउने प्रायोजक, सहयोगी संस्था, समर्थक, परिवारका सदस्य, साथीभाइ तथा क्रिकेटप्रेमी दर्शकहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।

आयोजकका अनुसार सबैको साथ, सहयोग र उल्लेखनीय उपस्थितिका कारण प्रतियोगिता सफल, भव्य र स्मरणीय बन्न सफल भएको हो। प्रतियोगिताले जर्मनीस्थित नेपाली समुदायबीच एकता, भाइचारा र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।
आगामी वर्षहरूमा पनि यस्ता खेलकुद कार्यक्रमहरूलाई अझ व्यापक र व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ।
पहिलो NRNA क्रिकेट प्रतियोगिता २०२६ को उपाधि जित्न सफल Team NSNRW लाई हार्दिक बधाई तथा शुभकामना।



