विशेष खबरसमाचार

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार उहाँको नाममा विभिन्न बैंक बचत, गरगहना तथा पारिवारिक नाममा रहेको जग्गा सम्पत्तिहरू समावेश छन्।

विवरण अनुसार उहाँको आफ्नो नाममा बैंक ब्यालेन्स करिब १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। उक्त रकमको स्रोत सामाजिक सञ्जालबाट प्राप्त आम्दानी भएको जनाइएको छ।

त्यसैगरी, उहाँकी पत्नी सविना काफ्लेको नाममा करिब १९० तोला सुन, चाँदी तथा हिरा लगायतका गरगहना रहेको विवरणमा उल्लेख छ। यी गरगहना पैत्रिक सम्पत्तिका रूपमा रहेको बताइएको छ।

भूमि सम्पत्तिबारे विवरण अनुसार प्रधानमन्त्री शाहका बुबाको नाममा महोत्तरीमा करिब ९ बिघा जग्गा रहेको छ। त्यस्तै, काठमाडौंमा आमाको नाम धुव्र देवी शाहको नाममा ५ आना जग्गा र धनुषामा करिब १.२ बिघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको यो सम्पत्ति विवरणले प्रधानमन्त्रीको पारिवारिक तथा व्यक्तिगत सम्पत्तिबारे जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button