अन्तराष्ट्रिय खबरअर्थ/ ब्यापारविशेष खबरसमाचार

अमेरिकी शेयर बजार बढ्यो, कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तनावग्रस्त बनेको विश्व बजारमा सोमबार साँझ केही सकारात्मक संकेत देखिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानसँग संवाद भइरहेको उल्लेख गरेपछि विश्वभरि युद्ध शिथिल हुने आशा जागेको छ । यद्यपि, इरानले भने यस्तो कुनै वार्ता नभएको स्पष्ट पारिसकेको छ ।

यस अभिव्यक्तिको प्रभाव अमेरिकी शेयर बजारमा तुरुन्त देखियो । वाल स्ट्रिटमा कारोबार उत्साहित देखिँदा एस एण्ड पी ५०० र नास्ड्याकजस्ता प्रमुख सूचकांकहरूमा वृद्धि भएको छ ।

तर, इरानको अस्वीकारपछि बजारको उकालो केही सीमित बन्न पुगेको देखिन्छ ।

त्यसैगरी, सम्भावित वार्ता र केही समयका लागि आक्रमण रोक्ने संकेतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटाएको छ । एक समय ११४ डलर प्रति ब्यारेल पुगेको ब्रेन्ट क्रूड करिब ११–१३ प्रतिशतले घटेर १०० डलरभन्दा तल झरेको थियो । पछि भने मूल्यमा सामान्य सुधार देखिएको छ ।

समग्रमा, कच्चा तेलको मूल्यमा आएको गिरावटलाई विश्व अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button