मनोरन्जनविशेष खबरसमाचारसाहित्य

राजनीति र संगीत सँगसँगै: बालेनको नयाँ गीत ‘जय महाकाली’ रिलिज

काठमाडौं – प्रधानमन्त्रीको रूपमा सपथ लिनुअघि, हिप–हप गायकका रूपमा परिचित बालेन शाहले बिहीबार आफ्नो नयाँ गीत ‘जय महाकाली’ युट्युबमार्फत सार्वजनिक गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई संसदीय दलको नेताका रूपमा अनुमोदन गरेको केही घण्टामै उक्त गीत सार्वजनिक भएको हो, जसले राजनीतिक र सांगीतिक दुवै क्षेत्रमा चासो बढाएको छ। यसअघि नै उनले तीन वटा नयाँ गीत ल्याउने तयारीमा रहेको समाचार सार्वजनिक भइसकेको थियो।

तीनमध्ये बिहीबार सार्वजनिक गरिएको ‘जय महाकाली’ पहिलो गीत हो भने बाँकी दुई गीतहरू पनि चाँडै सार्वजनिक गरिने बालेन निकट स्रोतले जनाएको छ। विशेष कुरा के भने, यस गीतको अडियो संस्करण करिब ११ वर्षअघि नै रिलिज भइसकेको थियो। अहिले उक्त पुरानो गीतलाई आधुनिक प्रविधिबाट रि–मास्टर गरी नयाँ स्वरूपमा भिडियोसहित प्रस्तुत गरिएको हो।

गीतको भिडियोमा बालेन शाहको चुनावी प्रचार अभियानका विभिन्न झलकहरू समावेश गरिएको छ, जसले उनको राजनीतिक यात्रालाई समेत झल्काउँछ। गीतका शब्दहरूमा राष्ट्रिय एकता, देशप्रेम र सामाजिक जागरणका भावहरू समेटिएका छन्, जसले श्रोतामाझ सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

सांगीतिक सिर्जनासँगै राजनीतिक यात्रालाई पनि सन्तुलनमा अघि बढाइरहेका बालेन शाहको यो प्रस्तुति उनका समर्थक तथा दर्शकमाझ विशेष आकर्षणको केन्द्र बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button