साहित्य
कविता : – हिजोको साथी

आज तिमीसॅग हुने साथी
हिजो मेरो थियो,
आज तिमीसॅग भएको साथी
भोली कसैको हुनेछ ।
मेरो होला वा नहोला
आशा गर्दिन
तर
यो निश्चित गर्छु
भोली तिम्रो हुनेछैन ।
तिम्रो सुन्दरता बोली
र कुरूपता आचरणले
आज भित्री र बाह्य
तिम्रो भएपनि
भोली तिम्रो हुन चाहॅदैन
किनकि
उ धैर्य हुन सक्दैन
उ परिवर्तन हुन चाहॅदैन
उ सकेसाको वारीमा
कॅाचुली र सर्प बनेर ढुकिरहन्छ ।
साकेन्चाले दर्ज गरेको पिठ्यॅुको भारि
तिमीलाई कदाचित् दिन सक्दैन
तिमीलाई थाहा छैन
देश चावुकले हिडदैन
सुनाई र देखाईमा
चार वित्ता फरक छ
त्यसैले आज तिम्रो छ,
भोली कसैको हुनेछ ॥
कविः किशन धामी
न्यूयाेर्क, अमेरिका


