NRNAप्रवासविशेष खबरसमाचार

अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई स्वदेश फिर्ता पठाएको छ ।

२८ चैत, काठमाडौं – अमेरिकाबाट चार्टर विमानमार्फत उनीहरूलाई डिपोर्ट गरिएको हो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरेका अनुसार गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

डिपोर्ट गरिएकामध्ये १२ जना अवैध बाटो प्रयोग गरेर अमेरिका पुगेका थिए भने २ जना विद्यार्थी भिसामा गएका थिए । अन्य व्यक्तिहरूलाई विभिन्न आप्रवासन नियम उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

पछिल्लो समय अमेरिकाले आप्रवासन नियम कडाइ गरेसँगै नेपालीहरू डिपोर्ट हुने क्रम बढ्दो देखिएको छ । पछिल्ला दुई महिनामै २ सयभन्दा बढी नेपालीहरू स्वदेश फर्काइएको तथ्यांक छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै आप्रवासी नीतिमा कडाइ आएको बताइएको छ । आवश्यक प्रक्रिया पूरा नगरी बसेका, भिसा अवधि नाघेका वा नियम उल्लंघन गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित देशमा फर्काउने नीति अपनाइएको छ ।

केही अवस्थामा विभिन्न देशका नागरिकलाई कडा सुरक्षा व्यवस्थासहित फिर्ता पठाइएको खबरहरू पनि सार्वजनिक भइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button