प्रवासबैदेशिक रोजगारविशेष खबरसमाचार

नेपाली राजदूतावास, टोकियोद्वारा गुन्मामा घुम्ती सेवा सञ्चालन हुने

टोकियो- नेपाली राजदूतावास, टोकियोले गैरआवासीय नेपाली संघ (NRNA) जापान तथा क्षेत्रीय समितिहरूसँगको सहकार्यमा जापानको गुन्मा क्षेत्रमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रममा राहदानी नवीकरण लगायत विभिन्न कन्सुलर सेवा प्रदान गरिने राजदूतावासले जनाएको छ।

📅 सेवा सञ्चालन मिति:
२०८३ जेठ ३१ गते (१४ जुन २०२६)

⏰ समय:
बिहान ९:३० बजेदेखि साँझ ५:०० बजेसम्म
(दिउँसो १:००–२:०० Lunch Break)

📍 स्थान:
Ota Station Inside Hall,
Gunma, Japan

राजदूतावासले विद्युतीय राहदानी (e-Passport) सेवाका लागि अनिवार्य रूपमा मोबाइल एपमार्फत Pre-enrollment Booking गरी फाराम प्रिन्ट गरेर आउन अनुरोध गरेको छ। Pre-enrollment Book नगरी सेवा उपलब्ध गराउन नसकिने पनि सूचनामा उल्लेख गरिएको छ।

यस घुम्ती सेवाबाट १३ जुन २०२७ सम्म म्याद सकिने राहदानी नवीकरण गर्न सकिनेछ। साथै, जापानमा जन्मिएका बालबालिकाको पहिलो पटक राहदानी बनाउन तथा हराएको वा नासिएको राहदानीको प्रक्रिया पनि गर्न सकिने जानकारी दिइएको छ।

📌 Pre-Enrollment Booking खुल्ने मिति:
२०८३ जेठ २० गते (०३ जुन २०२६)

सम्बन्धित सेवाग्राहीहरूलाई समयमै बुकिङ गरी आवश्यक कागजातसहित उपस्थित हुन राजदूतावासले अनुरोध गरेको छ।

— नेपाली राजदूतावास, टोकियो, जापान

japan notice

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button