प्रवासबैदेशिक रोजगारविशेष खबरसमाचार

रोमानियामा नेपाली श्रमिकका समस्या र श्रम सहकार्यबारे उच्चस्तरीय छलफल

बुखारेस्ट (रोमानिया) — नेपाल सरकारका सहसचिव गणेशप्रसाद ढकालले आज रोमानियाको राजधानी बुखारेस्टमा श्रम, परिवार, युवा तथा सामाजिक एकता मन्त्रालयकी राज्य सचिव सिल्भिया मोनिका दिनिकासँग भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा नेपाल र रोमानियाबीच श्रम क्षेत्रको सहकार्य, श्रम तथा सामाजिक सुरक्षा सम्बन्धी समझदारीपत्र (MoU) कार्यान्वयन, सामाजिक सुरक्षा व्यवस्था, नेपाली श्रमिकको हित संरक्षण तथा रोमानियामा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका समस्याका विषयमा विस्तृत छलफल भएको थियो।

त्यसअघि सहसचिव ढकालले रोमानियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (RCCI) का वैदेशिक मामिला विभागका निर्देशक कातालिन डानसँग पनि भेट गर्नुभएको थियो। उक्त भेटमा उहाँले नेपालमा विदेशी लगानीका सम्भावना, विशेषगरी जलविद्युत्, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधि क्षेत्रमा रहेका अवसरबारे जानकारी गराउनुभएको थियो।

nepali in romania

सहसचिव ढकालले नेपाली बजार तथा लगानीका अवसरबारे रोमानियन कम्पनीहरूलाई RCCI को सञ्जालमार्फत जानकारी प्रवाह गरिदिन आग्रह गर्नुभएको थियो। निर्देशक डानले उक्त प्रस्तावलाई स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाइएको छ।

रोमानिया भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि भेटघाट गरी उनीहरूका समस्या, सुझाव तथा चासोका विषयमा जानकारी लिएको थियो।

nepali in romania

भेटवार्तामा जर्मनीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल तथा परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका उपसचिव उत्तम घिमिरे पनि सहभागी हुनुहुन्थ्यो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button