अन्तराष्ट्रिय खबरविशेष खबरसमाचार
फिलिपिन्समा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला। फिलिपिन्समा आएको शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएको भन्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।
फिलिपिन्सको नागरिक सुरक्षा कार्यालय (Office of Civil Defense) का अनुसार मृत्यु हुनेमध्ये १२ जना सोक्स्क्सार्गेन (Soccsksargen) क्षेत्रका रहेका छन्। उक्त क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, साराङ्गानी तथा जनरल सान्तोस सिटीलाई समेट्ने प्रमुख क्षेत्र हो।
स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार भूकम्पका कारण उक्त क्षेत्रमा मात्रै १२९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलन कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।



