खेलकुद खबरविशेष खबरसमाचार
विश्वकपमा दक्षिण कोरियाको विजयी सुरुआत, चेक रिपब्लिक २–१ ले पराजित
२९ जेष्ठ २०८३, शुक्रबार
Less than a minute

फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा सम्पन्न खेलमा चेक रिपब्लिकले ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीको गोलमार्फत अग्रता लिएको थियो। तर दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
दक्षिण कोरियाका हवाङ इन बोमले ६७औँ मिनेटमा बराबरी गोल गरेपछि खेल १–१ को अवस्थामा पुगेको थियो। त्यसपछि ओ ह्युन ग्युले ८०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २–१ को महत्वपूर्ण जित दिलाए।
यस जितसँगै दक्षिण कोरियाले तीन अंक जोड्दै समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। यसअघि भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराएको थियो। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा मेक्सिको समूहको शीर्ष स्थानमा रहेको छ।
Tags
fifaworldcup2026



