अन्तराष्ट्रिय खबरप्रवासविशेष खबरसमाचार
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा बेलायत

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने योजना अघि सारेका छन्। बालबालिकाको सुरक्षा, मानसिक स्वास्थ्य र समग्र कल्याणलाई प्राथमिकता दिँदै सरकारले यस विषयमा आवश्यक कानुनी व्यवस्था गर्ने तयारी गरेको बताइएको छ।
प्रधानमन्त्री स्टार्मरले बालबालिकाको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै आगामी वर्षहरूमा यस सम्बन्धी नीति कार्यान्वयन गरिने संकेत दिएका छन्। प्रस्तावित व्यवस्थाअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट तथा युट्युबजस्ता सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गरिनेछ।
यसअघि अष्ट्रेलियाले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोग नियन्त्रण सम्बन्धी कानुनी व्यवस्था लागू गरिसकेको छ।



