बैदेशिक रोजगारविशेष खबरसमाचार

“फ्रि भिसा फ्रि टिकट” मा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग ३ लाख रुपैयाँ असुल्न खोज्ने म्यानपावरका एजेन्ट पक्राउ परेका छन्।

काठमाडौं, जेठ ३ गते –  सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका यादवसँग सरकारले तोकेको १० हजार रुपैयाँ शुल्कभन्दा बाहिर गएर ग्रान्ड स्विट जब म्यानपावरले ३ लाख रुपैयाँ मागेको आरोप लागेको हो। पीडितले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए भने बाँकी रकम नदिएसम्म पासपोर्ट, श्रम स्वीकृति र टिकट नदिने भन्दै कागजात रोकिएको बताइएको छ।

पीडितले श्रममन्त्री रामजी यादवको सचिवालयमा गुनासो गरेपछि प्रहरीसहितको टोलीले तीनकुनेबाट म्यानपावरका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिको साथबाट अन्य कामदारका पासपोर्ट र कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी हस्तक्षेपपछि अजयकुमार यादवले आफ्नो राहदानी, टिकट र आवश्यक कागजात फिर्ता पाएका छन् भने उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन्।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगी वा अतिरिक्त रकम मागेमा तुरुन्त मन्त्रालय वा प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button