विशेष खबरसमाचार

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

खड्का लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा समेत मुछिएका छन्। उक्त प्रकरणलाई लिएर लामो समयदेखि विभिन्न निकायले अनुसन्धान गरिरहेका थिए।

यसैबीच, जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि ठूलो रकम जलेर नष्ट भएको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सो घटनासँग सम्बन्धित विषयमा समेत उनीमाथि छानबिन भइरहेको बताइएको छ।

अनुसन्धान प्रक्रिया जारी रहेकाले सम्बन्धित निकायले थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ। प्रहरीले आवश्यक अनुसन्धानपछि उनलाई अदालतमा पेश गर्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button