अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा खुला अन्तरक्रियात्मक कार्यक्रम आयोजना

अबुधाबी – नेपाली राजदूतावास, अबुधाबीले अबुधाबी इमिरेट्समा बसोबास गर्ने नेपाली समुदायका लागि खुला अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही आउँदो शनिबार, मे ९, २०२६ मा बिहान ११:०० बजेदेखि मध्यान्न १:०० बजेसम्म दूतावास परिसरमा सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागी नेपालीहरूले श्रमसम्बन्धी, राहदानीसम्बन्धी, कन्सुलर सेवा तथा अन्य अत्यावश्यक विषयमा प्रत्यक्ष रूपमा दूतावासका सम्बन्धित कर्मचारीहरूसँग परामर्श तथा छलफल गर्न सक्नेछन्। साथै आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरू पनि राख्न सकिने व्यवस्था गरिएको राजदूतावासले जनाएको छ।
अबुधाबी इमिरेट्समा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई अवसरको लाभ लिन राजदूतावासले हार्दिक अनुरोध गरेको छ।
📍 स्थान: नेपाली राजदूतावास, अबुधाबी
🗓 मिति: मे ९, २०२६, शनिबार
⏰ समय: बिहान ११:०० देखि मध्यान्न १:०० बजेसम्म
— नेपाली राजदूतावास, अबुधाबी



