NRNAसमाचार

इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को भ्रमण

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मा सहितको प्रतिनिधिमण्डलले काठमाडौँको बुढानिलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को भ्रमण गरेको छ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले संस्थाको सेवा, पूर्वाधार तथा बाल स्वास्थ्य क्षेत्रमा भइरहेको गतिविधिहरूबारे जानकारी लिएको थियो। साथै, बाल स्वास्थ्य सुधार र सेवा विस्तारका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा घनिभूत छलफल गरिएको जनाइएको छ।

दुवै पक्षबीच स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्दै दीर्घकालीन साझेदारी अघि बढाउने विषयमा सकारात्मक समझदारी बनेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button