मनोरन्जन

‘आ बाट आमा’ले कमायो सवा ११ करोड, अरुले कति गरे ग्रसकलेक्सन ?

काठमाडौं – चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा मोटो रकम कलेक्सन गरेको छ । शनिबार रातिसम्म यो चलचित्रले ११ करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

माघ १६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र चार लाख २३ हजार १११ जनाले हेरेका छन्। ‘आ बाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय छ ।

‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । कथा पनि निर्देशक पन्तकै छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका छन् ।

चलचित्र ‘कुमारी’ले ६३ लाख २४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो सँगै रिलिज भएको ‘रमिताको पिरती’ले २५ लाख ५५ हजार ग्रसकलेक्सन गरेको छ ।

चलचित्र ‘बिगुल’ले आठ लाख ९७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘श्री बुकुरो’ले दुई लाख ७२ हजार ग्रसकलेक्सन गरेको छ । ‘शिवांश’ले दुई लाख ६१ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ । ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ रिलिजको केही दिनपछि नै प्रदर्शन स्थगित भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button