
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन २०२६ आयरल्याण्डको राजधानी डब्लिनमा आयोजना हुने भएको छ। सम्मेलन आगामी अगस्ट १० र ११ तारिखमा डब्लिनस्थित रेडिसन ब्लु रोयल होटलमा सञ्चालन हुनेछ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनको मुख्य विषय ‘संकल्प’ राखिएको छ। सम्मेलनले नागरिकता, लगानी र समृद्धिलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने आयोजकले जनाएको छ।
“United by Identity, Driven by Investment, Committed to Prosperity” भन्ने सन्देशसहित आयोजना हुन लागेको सम्मेलनमा युरोपका विभिन्न देशमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता तथा एनआरएनए अभियन्ताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार सम्मेलनले विदेशमा रहेका नेपालीबीच आपसी सहकार्य मजबुत बनाउनुका साथै नेपालमा लगानी, पर्यटन तथा आर्थिक विकासका सम्भावनाबारे विशेष छलफल गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम सम्बन्धी जानकारी
📅 कार्यक्रम : मे १०, २०२६ (आइतबार)
🕔 समय : साँझ ५:०० बजे (नेपाली समय)
💻 माध्यम : Zoom Meeting
🆔 Meeting ID : 972 0352 0385
🔐 Passcode : EUROPE2026
📍 सम्मेलन स्थल : Radisson Blu Royal Hotel, Dublin, Ireland
📆 सम्मेलन मिति : १०–११ अगस्ट २०२६
🏢 आयोजक : NRNA European Regional Committee
🤝 होस्ट : NRNA NCC Ireland



