विशेष खबरसमाचार

एसइई नतिजा वैशाख २९ भित्र सार्वजनिक हुने तयारी

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको तयारी तीव्र बनाएको छ । गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य परीक्षा सम्पन्न हुनासाथ सुरु गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’ कार्यमा खटिएका छन् । “वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्यका साथ काम भइरहेको छ,” उनले बताए ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

गत वर्ष नियमित तथा स्तरवृद्धितर्फ गरी कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button